राजनीति

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ । यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न बोर्ड बैठक बसेको परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले जानकारी दिए ।
परीक्षा बोर्डले आजै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रकाशित हुने नतिजा बाह्रखरी डट कममा पनि हेर्न सकिनेछ । बाह्रखरीले see.12khari.com मा गएर एसईई नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ ।
०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ १८:०६
प्रतिक्रिया दिनुहोस्