site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब सिंहदरबार चाहारेर अनुदान पाइँदैन : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताएका छन् । मन्त्री अधिकारीले सिंहदरबार चाहर्ने र अनुदान लिने पद्धतिको अन्त्य भएको बताए ।

कृषि ऐन चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको बताए । कृषिमार्फत चाहेको समृद्धि नयाँ ऐनमार्फत प्राप्त हुन सक्नेगरी तयारी भइरहेको उनले जानकारी दिए ।

“ऐन चाँडै मन्त्रिपरिषद् हुँदै संसद्मा पुग्दैछ । कृषिमार्फत गरिबी घटाउँदैै कम्तीमा आफनै हैसियतमा बाँच्न सक्ने अवस्थामा पु¥याउने लक्ष्य ऐनले बोकेको छ,” उनले भने ।  किसानलाई परिचय पत्र वितरणको कार्य यसै वर्षदेखि सुरु गर्ने अधिकारीले जानकारी दिए ।

विगत पाँच वर्षयता अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिएको उल्लेख गर्दै उनले कृषि र किसानको नाममा एक खर्ब सात अर्ब रुपैयाँ वितरण भएको जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro