देश

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलोभन्दा बढी सुन बरामद गरेको छ ।
गएराति चारजना उज्वेकिस्तानका नागरिकसहित तीन किलो ७४५ ग्राम सुन बरामद गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
मलद्वारमा लुकाएर ल्याएको उक्त सुन बरामद गरिएको हो । पक्राउ पर्नेमा ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीय अख्मेदोभा उमेदा, ५४ वर्षीया मारिफालिभा लिलफुजा र ४१ वर्षका तुरसुनोभ सारदोर छन् ।
घटनाबारे थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ १३:४४
प्रतिक्रिया दिनुहोस्