site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्दोलनको कार्ययोजना बनाउन घनश्याम भुसालको नेतृत्वमा कार्यदल गठन 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनको कार्ययोजना बनाउन महासचिव घनश्याम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

बुधबार बसेको सचिवालयले बैठकले आठ सदस्यीय कार्यदल गठन गरेको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।

कार्यदलमा उपमहासचिवहरू मेटमणि चौधरी, रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, शेरबहादुर कुँवर, स्थायी कमिटी सदस्यहरू विजय पौडेल, रामकुमारी झाँक्री छन् । 

फागुन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकले सुशासनको निम्ति, महँगीविरुद्ध, सरकारका गलत निर्णयबारे आन्दोलन गर्ने निर्णय गरेको थियो । निर्णयानुसार, आन्दोलनको कार्यक्रमको कार्ययोजना बनाउन कार्यदल गठन गरिएको उनले बताए । 

केन्द्रीय कमिटी बैठकका निर्णयहरू लागु गर्ने निर्णय गरेको बैठकले पार्टीलाई एकताबद्ध बनाउने निर्णय पनि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro