site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सावित्रा भन्छिन्– फाइनल अझै गाह्रो हुन्छ, हामी त्यसका निम्ति तयार छौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल अझै गाह्रो हुने भए पनि आफूहरू त्यसका निम्ति तयार रहेको बताएकी छन् ।

नेपाली टिमले आइतबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी खेलेको थियो । अब बुधबार नेपालले म्यानमारसँग नै प्रतियोगिताको उपाधिका निम्ति प्रतिस्पर्धा गर्ने तालिका छ ।

आइतबार नेपाली टिम दुईपटक पछि परे पनि पुनरामगन बराबरी गरेको थियो । यस खेलको ‘प्लेयर अफ दी म्याच’ समेत चुनिएकी सावित्राले एक गोल र एक असिस्ट गरेकी थिइन् ।

खेलपछि पत्रकारसँगको कुराकानीमा सावित्राले फाइनलमा निम्ति नेपाली टिम तयार रहेको बताएकी हुन् ।

“पहिलो हाफको १० मिनेट हाम्रो टिम सन्तुलित भएन । बल पोसेसनमा हामी कमजोर देखियौँ । तर, गोल खाइसकेपछि एक टिम भएर खेललाई फेरि सुरु गर्यौँ । अझै पनि सानोतिनो गल्ती भइरहेको छ । त्यो कुराहरूलाई आगामी दिनमा कम गर्नेछौँ,” उनले भनिन्, “खेलाडीको रुपमा हामी सबै प्रेरित छौँ । यो नतिजाले हामीलाई अतिरिक्त जोश मिलेको छ । हामी फाइनल यही भावना र मनोबल लिएर खेल्नेछौँ । म्यानमार बलियो टिम हो । फाइनल अझै गाह्रो हुनेछ । हामी त्यसको लागि तयार छौँ ।”

चार देशको सहभागिता रहेको प्रतियोगितामा म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । यस्तै, अन्य दुई टोली लेबनान र कीर्गिस्तान भने प्रतियोगिताको लिग चरणबाट बाहिरिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro