खेल

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा चिर–प्रतिद्वन्दी पाकिस्तानले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर पाकिस्तानले ब्याटिङको निर्णय गर्दै भारतलाई बलिङमा निम्त्याएको हो ।
प्रतियोगितामा भारत लगातार दोस्रो जितको खोजीमा छ । भारतले यसअघि पहिलो खेलमा बंगलादेशविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
यता, पाकिस्तान भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । पाकिस्तान यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले पराजित भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ १४:२२
प्रतिक्रिया दिनुहोस्