site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
रोकिएको ‘पहाड’को छायांकन सुरू

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’को रोकिएको छायांकन सुरू भएको छ । माघ २२ गते मुहूर्त गरेर छायांकन सुरू गरिए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि नै छायांकन रोकिएको थियो ।

स्वास्थ्य अनुकूल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी दिएका छन् ।
 
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको चलचित्रले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताएका प्रेस नोटमा उल्लेख छ ।  

“मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ । चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । विषयअनुसार हामीले कलाकार चयन गरेका छौँ,” उनले भने, “नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।” 

स्वास्थ्यलाभ गरेर छायांकनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ उर्जाका साथ काम भइरहेको बताए । ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । 

चलचित्रको छायांकन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले बताए । 

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारले अभिनय गरिरहेका छन् ।
 
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदैछन् । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro