site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियालको प्रतिद्वन्दी एट्लेटिको, बार्सिलोनालाई बेन्फिकाको चुनौती

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग नकआउट चरणमा साविक विजेता रियाल मड्रिडले स्पेनकै अर्को टोली एट्लेटिको मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबार भएको प्रतियोगिताको अन्तिम–१६ को ‘ड्र’ अनुसार रियालले क्वार्टरफाइनल प्रवेशका निम्ति एट्लेटिकोलाई प्रतिद्वन्दीको रूपमा पाएको हो । यस्तै, ला लिगाकै अर्को टोली बार्सिलोनाले भने प्रिक्वार्टरफाइनलमा पोर्चुगिज टोली बेन्फिकाविरुद्ध खेल्ने भएको छ ।

जर्मन क्लब बोरुसिया डर्टमन्डले लिलविरुद्ध खेल्दा बायर्न म्युनिखले जर्मनीकै अर्को टोली बायर लेभरकुजेनलाई प्रतिद्वन्दीको रुपमा पाएको छ ।

यस्तै, आर्सनलले पीएसभी आइन्डोभन, इन्टर मिलानले फेयेनुर्ड र पेरिस सेन्ट जर्मन (पीएसजी)ले लिभरपुलविरुद्ध खेल्ने भएका छन् । गत सिजन सनसनीपूर्ण प्रदर्शन गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको प्रिमियर लिगको टिम एस्टोन भिल्लाले क्लब ब्रागालाई प्रतिद्न्दी पाएको छ ।

प्रतियोगिताको अन्तिम–१६ का खेलहरू मार्च ४ देखि सुरु हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro