site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अनुमति लिएर मात्र विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो–अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ । विदेश यात्रा गर्न जाने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा यस्ता सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ ।

विदेशी मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणबाट नो–अब्जेक्सन लिनुपर्ने व्यवस्था छ । सोहीअनुसार अनुमति प्राप्त गर्न प्राधिकरणले सूचनामार्फत ध्यानाकर्षण गराएको हो ।

“सिमकार्ड र रिचार्ज कार्ड बिक्री/वितरण गर्ने सम्बन्धित व्यक्ति/संस्थाहरूले यस प्राधिकरणबाट नो–अब्जेक्सन लिएर मात्र बिक्री बितरण गर्नु/गराउनुहुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ,” प्राधिकरणले बिहीबार (फागुन ८)जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro