site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लगातार दोस्रो जितसहित नेपाल फाइनलमा

काठमाडौं । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिम लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले लेबनानविरुद्ध १–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । नेपालको जितमा सावित्रा भण्डारीको प्रहारले जाली चुमेको थियो । खेलको ४२औँ मिनेटमा १८ यार्ड बक्सबाहिरबाट सावित्राले गरेको प्रहार लेबनानका खेलाडीबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।

जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोड्दा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपालले अब लिग चरणको अन्तिम खेलमा आइतबार म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपालसँगै फाइनल प्रवेश गरिसकेको म्यानमारले एक–अर्काविरुद्ध उपाधिका निम्ति खेल्ने तय भइसकेको छ । यसअघि म्यानमारले आजै भएको पहिलो खेलमा कीर्गिस्तानविरुद्ध ५–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro