site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका र भारत जोड्न पृथ्वीको परिधिभन्दा लामो केबल बिछ्याउँदै मेटा

काठमाडौं । अमेरिकी टेक कम्पनी मेटाले विश्वको सबैभन्दा लामो पानीमुनि केबल बिछ्याउने योजना सार्वजनिक गरेको छ । समुन्द्रमुनि बिछ्याइने यो केबलले अमेरिका, भारत, दक्षिण अफ्रिका, ब्राजिललगायत मुलुकहरूलाई जोड्नेछ ।

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायतको मुख्य कम्पनी मेटाले योजनाअन्तर्गत समुद्रमुनि ५० हजार किलोमिटर लामो केबल बिछ्याइनेछ । यो पृथ्वीको परिधिभन्दा बढी लामो केबल हुनेछ ।

२४ जोडी फाइबर प्रणालीको यो केबलले उच्च गतिको इन्टरनेट एवं एआई परियोजनाका लागि उत्कृष्ट हुने ठानिएको छ ।

मेटाले यो परियोजनाको नाम वाटरवर्थ राखेको छ । कम्पनीले ब्लगपोस्टमा भनेको छ, “प्रोजेक्ट वाटरवर्थले अमेरिका, भारत, ब्राजिल, दक्षिण अफ्रिका र अन्य प्रमुख क्षेत्रहरूमा उद्योगकै अग्रणी कनेक्टिभिटी उपलब्ध गराउँछ ।”

“यस परियोजनाले यी क्षेत्रहरूमा बृहत् आर्थिक सहकार्य, डिजिटल समावेशीकरण र प्राविधिक विकासका लागि अवसरहरू खोल्नेछ,” कम्पनीले भनेको छ ।

विश्वको ९५ प्रतिशतभन्दा बढी इन्टरनेट ट्राफिक समुद्रमुनिका केबलमार्फत ट्रान्सफर हुन्छ । त्यसैले आक्रमण, दुर्घटना, भूराजनीतिक तनाव र द्वन्द्वका बेला यी केबल लक्षित हुनसक्ने चिन्ता छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro