site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशिक्षक तामाङ भन्छन्– फरवार्ड लाइनमा राम्रोसँग काम गर्न पाएनौँ
फाइल तस्बिर ।

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको पहिलो खेलमा साँघुरो जित निकालेपछि नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले फरवार्ड लाइनमा राम्रोसँग काम गर्न नपाएको बताएका छन् ।

नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा कीर्गिस्तानविरुद्ध १–० को जित निकालेको थियो । जसमा विमला चौधरीले पहिलो हाफमा निर्णायक गोल गरेकी थिइन् ।

खेलपछि प्रशिक्षक तामाङले टिमले पाएको अवसर सदुपयोग गर्न नसकेको समेत जनाए ।

“पहिलो र दोस्रो दुवै हाफमा पाएका अवसर सदुपयोग गर्न सकेनौँ । खेलाडीहरूले आफ्नो ठाउँ नबुझेजस्तो, अलि अल्मलिएजस्तो देखियो । तर, त्यसले फरक भने परेन,” प्रशिक्षक तामाङले भने, “टिमको बन्द प्रशिक्षणमा रेखा पौडेल एकदिन अघि आइन् । सावित्रा आज मात्रै टिममा समावेश भइन् । यसले गर्दा हामीले फरवार्ड लाइनमा राम्रोसँग पाएका थिएनौँ । त्यसले पनि आजको खेलमा फरक पर्यो । अब दुई दिनमा यसैमा काम गर्नेछौँ ।”

नेपालले अब बिहीबार आफ्नो दोस्रो खेलमा लेबनानविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको प्रतियोगितामा नेपालसँगै कीर्गिस्तान, लेबनान र म्यानमारको सहभागिता छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro