site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि भित्रियो, यी अस्पतालबाट दिइन्छ निःशुल्क 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालले ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सअन्तर्गत बाल क्यान्सरमा उपचार हुने अत्यावश्यक औषधि प्राप्त गरेको छ । नेपालले पाउने ३५ मध्ये पहिलो चरणमा आइतबार राति दश प्रकारका औषधि ल्याइएको हो ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पहिलो चरणमा दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको जानकारी दिए । यसपछि चरणवद्धरूपमा नेपालले क्यान्सर उपचारका लागि पाँच वर्षसम्म निरन्तर ३५ प्रकारका अत्यावश्यक गुणस्तरीय औषधि निःशुल्क पाउनेछ ।
 
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालस्थित कार्यालयले ‘सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाले निःशुल्क पाउनेछन् ।
  
रक्त क्यान्सरका विभिन्न प्रकारसहित आँखामा हुने (रेटिनोब्लास्टोमा), मस्तिष्कसम्बन्धि (न्यूरोब्लाष्टोमा) लगायत ६ वटा क्यान्सरको केमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधि हुन् ।

डब्लूएचओका अनुसार नेपालमा हरेक वर्ष करिब नौ सय नयाँ बालबालिकामा क्यान्सर देखिने गरेको छ । सरकारले गत मंसिर १ गतेबाट लागु हुनेगरी चारवटा अस्पतालबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले निःशुल्क औषधिमार्फत् बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा सहयोग पुग्ने बताए । “कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था पनि गरेका छौं,” मन्त्री पौडेलले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro