site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई प्रहरीले पक्राउ गरेको छ । 

बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जाँचका क्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपैयाँ, १०० मलेसियन रिंगेट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ थान फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्