site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘कर्मा’को पोस्टरमा एक्सन अवतारमा विपीन

काठमाडौं । चलचित्र ‘कर्मा’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकार विपीन कार्कीलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । 

पोस्टरमा विपीन कार्की हातमा ‘सर्ट गन’ बोकेर ‘ब्ल्याक जिन्स’मा देखिएका छन् । उनको मुहारमा बदलाको भाव देखिन्छ । पोस्टरले विपीन एक्सन भूमिकामा रहेको प्रष्ट पारेको छ । 

पोस्टरमा ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ स्लोगन रहेको छ ।  ‘कर्मा’लाई ‘अगस्त्य : च्याप्टर–१’ निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । 

चैत २९ गते रिलिज हुने ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय छ । मुकुन यो चलचित्रमा खलपात्र बनेका छन् । 

सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । एक्सन ड्रामा जनरामा निर्माण भइरहेको चलचित्र आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति छ । ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro