site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आहा रारा पोखरा गोल्डकपको २५०औँ खेलमा चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पुलिसले चर्च ब्वाइजलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

बुधबार कास्कीस्थित पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन सञ्जीव लामाले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफमा बराबरीमा समाप्त भए पनि सञ्जीवले ५८औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रतामा राखेका थिए । मोफसल के सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको आहा रारा गोल्डकपको २४औँ संस्करण आइपुग्दा यो २५० औँ खेल हो ।

जितसँगै फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका निम्ति आगामी शनिबार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालकै थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro