site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले किन्यो १३ करोडको जग्गा, केन्द्रीय कार्यालय विस्तार हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयसँगै रहेको १९ आना जग्गा खरिद गरेको छ ।

केन्द्रीय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको छ ।

उक्त जग्गा १३ करोडमा खरिद गरेको जनाइएको छ । निर्धारित १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने विज्ञप्तिमार्फत् जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्