site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्लब विश्वकपको नकआउट चरणमा सिटीले अल–हिलालको सामना गर्ने

काठमाडौं । इंग्लिस क्बल म्यानचेस्टर सिटीले क्लब विश्वकपको नकआउट चरणमा साउदी प्रो लिगको क्लब अल–हिलालसँग खेल्ने भएको छ ।

शुक्रबार सिटीले समूह ‘जी’को अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्सविरुद्ध ५–२ को जित निकालेसँगै नकआउट चरणमा अल हिलालसँगको भेट पक्का गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकाको फ्लोरिडास्थित क्याम्पिङ वर्ल्ड रंगशालामा सिटीलाई जित दिलाउन जेरेमी डोकु, एर्लिङ हालान्ड, फिल फोडेन र साबिन्होले समान एक गोल गरे । सिटीले अर्को एक गोल भने युभेन्ट्सबाट आत्मघाति उपहार पाएको थियो । युभेन्टसका टियुन कोप्मेइनर्स र डुसा भ्लाहोभिचले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

यी दुवै टोली एक खेलअगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका थिए । यो खेलको नतिजासँगै सिटी समूह विजेता र युभेन्टस उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो  । 

सिटीले नकआउट चरणमा अल–हिलालसँग खेल्दा युभेन्टसले भने स्पेनिस क्लब रियाल मड्रिडको सामना गर्नेछ ।

प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेल शनिबारदेखि सुरु हुने तालिका छ । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा दुई ब्राजिलियन टोली पाल्मेरस र बोटाफोगाबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्