अर्थ व्यवसाय
![भूमि आयोगको जिल्ला समितिमा ३९ सदस्य थप (सूचीसहित)](https://12khari.top/uploads/posts/Ministry-of-Land-Management-Cooperatives-and-Poverty-Alleviation-Nepal-edit-1739279375.jpg)
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन् ।
केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एकजना अध्यक्ष, विज्ञ र महिलासहित तीनजना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले मंगलबार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।
मन्त्री अधिकारीले तेस्रो चरणमा अब बाँकी रहेका ९१ जना सदस्यहरू छिट्टै नियुक्त गर्ने जानकारी दिए । भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ १८:५५
प्रतिक्रिया दिनुहोस्