काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पानीको इनार खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु भएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–९, मच्छेगाँउ टौखेल सालिक मार्गस्थित एक घरको कम्पाउन्डमा निर्माणाधीन इनारमा पुरिएर एक कामदारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार माथिबाट माटो खसी पुरिएर अचेत अवस्थामा उद्धार गरिएको थियो । घाइतेलाई तत्काल उपचारको लागि सतुंगलस्थित नेपाल एपीएफ अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।
प्रवक्ता बोहोराका अनुसार मृत्यु हुनेमा सुनसरीको इनरुवा गाउँपालिका– ५ घर भएका ४० वर्षीय लिडे उराउ छन् ।
कामदार पुरिएको सूचना पाएसँगै नेपाल प्रहरी र एपीएफको विपत व्यवस्थापन टोली त्यहाँ पुगेको थियो ।