site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी आमसञ्चार विधेयक : 'सेरेमोनियल' अध्यक्ष, शक्तिशाली रजिस्ट्रार

विराटनगर । कोसी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रदेश आमसञ्चार विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

विधेयक जस्ताको तस्तै पारित भए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर हुने देखिएको छ । विधेयकमा समेटिएका कतिपय प्रावधान स्वतन्त्र पत्रकारितालाई कस्ने किसिमका छन् । यसप्रति सम्बद्ध पक्षले टिप्पणी गर्दै संशोधन गर्न सुझाव दिएका छन् ।

अहिले संघीय सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकमाथि नागरिक र आमसञ्चार क्षेत्रबाट चर्को आलोचना भइरहेको छ । यस्तै, सन्दर्भमा कोसी प्रदेशको आमसञ्चार विधेयकमा पत्रकारले लेखेको समाचार कै आधारमा दण्ड र सजाय गर्ने व्यवस्था छ । सरकारले राजनीतिक रुपमा नियुक्त गर्ने प्रादेशिक सञ्चार प्रतिष्ठानका रजिष्ट्रारलाई सजाय गर्ने अधिकार दिने व्यवस्था विधेयकमा छ ।

सोमबारको सैद्धान्तिक छलफलमा सांसद गोम्बु शेर्पाले मिडियालाई अलि धेरै संकुचन गर्ने र प्रेस स्वतन्त्रतालाई निरुत्साहित गर्ने गरी विधेयक आएको बताए । उनले भने, “समाजमा भएका राम्रो नराम्रो पक्षलाई संचार माध्यमले बाहिर ल्याउन पूर्ण स्वतन्त्रता हुने र राज्यले संरचना दिने संविधानमा व्यवस्था छ । प्रदेश सरकारले ल्याएको विधेयकमा पनि सामाजिक सञ्जाल विधेयकको छायाँ परेको जस्तो छ ।” प्रतिष्ठानको अध्यक्ष सेरेमोनियल बनाउने र रजिष्ट्रारलाई कार्यकारी बनाउन खोजिएको बताए ।

सांसद कमला दर्नालले विधेयकका राम्रा पक्षलाई समेट्दै सुधार गर्नुपर्ने विषय संशोधन गर्नुपर्ने बताइन् । एमाले सांसद तिलचन पाठकले मिडियाले जथाभावी लेख्ने गरेको भन्दै नियन्त्रण गर्नुपर्नेमा जोड दिए । माओवादी सांसद सपना परियारले नियमनलाई मात्र जोड दिएको बताइन ।

कांग्रेस सांसद मैया श्रेष्ठले प्रतिष्ठानलाई दण्ड दिने निकायको रुपमा बनाउन खोजिएको बताइन ।

के छ विधेयकमा ?
अध्यक्ष, सदस्य र रजिष्ट्रार सरकारले नियुक्त गर्ने र बर्खास्त गर्नेसम्मको व्यवस्था रहेको विधेयकमा अध्यक्षको भूमिका सेरेमोनियल र रजिष्ट्रारलाई भने कार्यकारी अधिकार दिइएको छ । अध्यक्षको भूमिका भने रजिष्ट्रारलाई राय दिनेमा मात्रै सीमित गरिएको छ ।

सदनमा विधेयक टेबुल हुनु अगावै आर्थिक मामिला तथा योजना मन्त्रालयको राय चाहिने भएपनि त्यो नभएको सांसद खिनु लङ्वा लिम्बूले बताइन् । प्रतिष्ठान बनाउँदा अध्यक्ष र सदस्य सरकारले ठाडो नियुक्ति गर्ने, रजिष्टार नियुक्ति गर्न मन्त्रालयका सचिवको नेतृत्वमा प्रमुख सचिवले तोकेको एकजना र मुख्यमन्त्रीले तोकेको दुईजना रहेको सिफारिस समिति बनाउने उल्लेख छ ।

नेपाल पत्रकार महासंघ महासंघका पूर्वअध्यक्ष लिलाबल्लभ घिमिरेले सत्तारूढ दुई दलले भागबण्डा गर्ने योजनासहित अध्यक्ष र रजिष्ट्रारको प्रावधान राखिएको बताए । मुख्यमन्त्री हिक्तकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले संरचना स्वायत्त हुनुपर्नेमा पत्रकार महासंघले जोड गर्ने गरेको भएपनि सरकारले आफैँ नियुक्त गर्ने बताए ।

विधेयकमा प्रतिष्ठानका अध्यक्षदेखि र रजिष्ट्रार सबैको योग्यता १० वर्ष पत्रकारिता गरेको र स्नातक उत्तीर्ण हुनुपर्ने छ । सदस्य हुन पाँच वर्ष पत्रकारिता गरेको भए हुन्छ ।

प्रतिष्ठानले अदालती अधिकार प्राप्त गर्ने व्यवस्था विधेयकमा छ । सञ्चार संस्थाको दर्ता र नवीकरण, अनुमतिको प्रक्रियाबाहेक मिडिया कन्टेन्टलाई आधार बनाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने, समाचारबाट पीडित बन्नेलाई समाचार लेख्ने पत्रकारबाट नै क्षतिपूर्ति भराइने व्यवस्था विधेयकमा छ । यो प्रतिष्ठानका रजिष्ट्रारले गर्न सक्ने उल्लेख छ ।

दफा २६ मा सञ्चार सामग्री प्रसारणमा रोक लगाउने र दफा ५२ को ३ मा कुनै सामग्री प्रसारण गरेवापत एक लाखसम्म जरिवाना लिने उल्लेख छ । पत्रकार कल्याण कोष, पत्रकारिता तालिम, छात्रवृत्ति दिने, पत्रकार परिचयपत्र, सबैखाले सञ्चार माध्यम दर्ता र नवीकरण प्रदेशमै गर्ने प्रावधान उल्लेखित छन् ।

के भन्छन् सरोकारवाला ?
विधेयकबारे सोमबार संसदीय पत्रकार मञ्च कोसीले दलका सचेतकहरूसँग  गरेको छलफलमा पत्रकारका अगुवाहरुले मिडियालाई नियन्त्रण गर्ने गरी आएको बताए । नेपाल पत्रकार महासंघ कोसी प्रदेशका संस्थापक महासचिव विवेक गौतमले मिडियालाई संकटबाट उकास्ने भन्दा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने गरी विधेयक ल्याइएको जिकिर गरे । उनले भने, “राजनीतिक रूपमा नियुक्त भएको प्रतिष्ठानका पदाधिकारीले सरकारी राजस्व परिचालन गर्ने व्यवस्था व्यवहारतः अहिलेसम्म देखिएको छैन ।” 

नेपाल पत्रकार महासंघ कोसी प्रदेश अध्यक्ष भरत खड्काले पत्रकारलाई नियमन र नियन्त्रण गर्ने कतिपय प्रावधानलाई संशोधन गरेर अघि जानुपर्ने सुझाव दिए ।  भने, “कार्यकारी अधिकार अध्यक्षलाई दिई रजिष्ट्रार सरकारी कर्मचारी रहनुपर्छ । दण्ड र सजायको प्रावधान हटाइनु पर्छ । प्रादेशिक स्तरका विज्ञापन स्थानीय संचार संस्थालाई दिने व्यवस्था गरिनुपर्छ ।”

पत्रकार बन्धु पोखरेलले विधेयक पत्रकारलाई नियन्त्रण गर्ने ढंगले आएकोले खारेज गर्नुपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro