site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्षमानलाई शंकरको जवाफ : याचना गर्न आवश्यक भए अध्यक्षसँगै गरिन्छ

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँगको टेलिफोन वार्ताबारे प्रस्टीकरण दिएका छन् । नेताहरूका बीचमा शिष्टाचारवश हुने कुराकानीलाई वर्षमानले ‘एमाले महासचिवको याचना’का रूपमा प्रचारबाजी गरेको भन्दै पाेखरेलले आपत्ति जनाएका छन् । 

‘‘पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय– समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन ।’’

सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको अवस्थामा पनि वर्षमानसँग नभएर सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै हुने उनले उल्लेख गरेका छन् । उनले थपेका छन्, ‘‘आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ । जस्तो: संक्रमणकालीन न्यायको विषयमा ।’’

राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्यका विषय उल्लेख गर्दै उनले विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भएकाले अब पुनः त्यही काम गर्नु उचित नहुने बताएका छन् । उनले थपेका छन्, ‘‘कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलनको निर्माण अबको बाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’’

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro