site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुनलाई पोखरेलले ‘टेलिफोन गरेर मागे सहयोग’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूलाई टेलिफोन गरेर अध्यादेशमा सहयोग खोजेको बताएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाको पार्टी अधिवेशनमा शनिबार उनले एमालेले सहयोगका निम्ति आग्रह गरेको जानकारी गराएका हुन् ।

अध्यादेश अस्वीकृत हुने र सरकार छाड्न नैतिक दबाब पर्ने भएपछि एमाले आत्तिएको उनले टिप्णणी गरे । आफूले पोखरेलको प्रस्ताव ठाडै अस्वीकार गरेको उनको भनाइ थियो ।

अध्यादेशअघि सामान्य छलफल समेत गर्न आवश्यक नठानेको एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली नैतिक संकटमा फस्ने भएपछि आफूहरूसामु सहयोगको हात बढाइएको उनको बुझाइ छ । 

“आज मात्रै म पाल्पामा आइपुग्दा एमालेका महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हुनुहुन्थ्यो,” पुनले भने, “अस्तिसम्म हामीसँग दुईतिहाइ छ भनेर धाक लगाउँदै हिँड्नुभएको थियो । अब दुईदलीय व्यवस्थामा लान्छौँ भन्ने हुँकार गर्नुहुन्थ्यो । अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ ।” 

अध्यादेशबाट शासन गर्न उद्धत भएर आफूहरूलाई ‘बाइपास’ गरेको एमालेले अप्ठ्यारोमा परेपछि सहयोग माग्न थालेको पुनले बताए । मुलुकका समस्या समाधान गर्ने असल नियत भए अध्यादेश फिर्ता लिएर प्रक्रियागत रूपमा विधेयक ल्याउन उनले आग्रह गरे ।

“दुईतिहाइको दुहाई दिने सरकारले अध्यादेबाट शासन गर्न खोजेको छ । संविधान संशोधनको सहमति गर्दा दुईतिहाइ छ भनेर हामीलाई बाइपास गर्न खोज्नुभयो,” उनले भने, “राष्ट्रियसभामा बहुमत नभएपछि अहिले हारगुहार गर्दै हुनुहुन्छ ।” 

वर्तमान सरकारले भ्रष्टाचार, अनयिमितता, राज्य दोहन र तस्करीमा संलग्नलाई संरक्षण गरिरहेको आरोप पनि उनले लगाए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro