site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल

काठमाडौं । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

समूह चरणको अन्तिम खेलमा सीवाईसी अत्तरियाले न्यू होराइजन बुटवललाई पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । शुक्रबारको खेलमा पराजित भए पनि बुटवल समान दुई अंक रहेका बैतडी र काठमाडौंलाई रनरेटमा पछाडि पार्दै अन्तिम चारमा पुगेको छ ।

यसअघि नै अत्तरिया, फ्रेन्ड्स  युथ क्लब डडेल्धुरा र डीसीए धनगढी अन्तिम चारमा पुगिसकेका थिए । अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता डडेल्धुराले समूह ‘बी’ को उपविजेता बुटवलसँग शनिबार खेल्ने छ । त्यसैगरी समूह ‘ए’ को उपविजेता धनगढीले समूह ‘बी’ को विजेता अत्तरियासँग आइतबार खेल्ने छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनको फराकिलो अन्तरले पराजित ग¥यो । १८९ रनको लक्ष्यसहित मैदान उत्रिएको बुटवलले २० ओभरमा आठ विकेट गुमाउँदै ११० रन मात्रै बनाउन सक्यो । उसका लागि प्रतीक श्रेष्ठले १८, तुलबहादुर थापाले १७ र वीर मगरले १५ रन जोडे । अत्तरियाका राशिद खान, विवेक यादव र सहाव आलमले समान दुई–दुई विकेट लिए । कमल गुप्ता र दिपेश कँडेलले एक–एक विकेट लिए ।

त्यसअघि फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले २० ओभरमा पाँच विकेट गुमाउँदै १८८ रन बनाएको थियो । अत्तरियाका भीम सार्की र विवेक यादवले अर्धशतकीय पारी खेले । सार्कीले ३९ बलमा ५८ तथा यादवले ३८ बलमा ५१ रन बनाए । यादव खेलका म्यान अफ द म्याच भए । त्यसैगरी शंकर रानाले ३१ तथा कप्तान सन्तोष कार्कीले २३ रन जोडे । बुटवलका निर्मल गुरुङले दुई तथा वीर मगर, तुलबहादुर थापा र बिपर्सन केसीले एक–एक विकेट लिए ।

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro