site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबैभन्दा धेरै हलमा सय दिन मनाउने चलचित्र बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको सय दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र आजबाट प्रदर्शनको एक सय दिनमा प्रवेश गरेको हो । 

‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन हुने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन भएर ‘पूर्ण बहादुरको सारङ्गी’ले नयाँ रेकर्ड बनाएको दाबी गरे । 

काठमाडौंको सामाखुसी, रञ्जना, राइजिङ महल, बनेपा, बुटवल र धरानको हलमा एक सय दिन मनाएको हो ।  

यसैबीच, प्रदर्शनको सय दिन पुगेको अवसरमा निर्माणपक्षले  दर्शकलाई एक सय रुपैयाँमा टिकट उपलब्ध गराएको निर्माता पौडेलले जानकारी दिए । 

‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्र  ‘दिमाग खराब’ पछि सय दिन मनाउने पहिलो चलचित्र हो । दुई वर्षअगाडि ‘जारी’ र ‘दिमाग खराब’ले पनि सय दिन मनाएका थिए । ‘जारी’ले पाँच वर्षपछि सय दिन प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको थियो । 

‘पूर्ण बहादुरको सारङ्गी’को नाममा रह्यो । यो चलचित्र नेपालमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्र बनिसकेको छ । 

एक करोड ३० लाखमा बनेको चलचित्रले नेपालभित्र र बाहिर गरेर पौने एक अर्बभन्दा माथि ग्रसकलेक्सन गरेको छ । 

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । 

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro