site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस–एमालेलाई प्रचण्डको चुनौती : अरूको चिन्ता नलिनू (पूर्णपाठ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसरी नै सरकार चलाए अहिलेकै थ्रेसहोल्ड नेपाली कांग्रेस र नेकपा (एमाले_लाई नै धेरै हुने टिप्पणी गरेका छन् । बिहबारको प्रतिनिधिसभा बैठकमा उनले देशका मालिक आफूहरू नै हौँ भन्ने ग्रन्थीबाट निस्कन सुझाए ।

“हामीहरू देशका मालिक हौँ भन्ने ग्रन्थीबाट निस्कनोस् साथीहरू । २६ महिनाअघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध नहुनोस्,” प्रचण्डले भने, “यसरी नै सरकार चलाउँदै जानुभयो, यसरी नै जनताबाट अलग्गिदै जानुभयो भने अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ, अरूको चिन्ता नगर्नोस् । आफ्नै पार्टीबाट कार्यकर्ता पलायनका पछिल्ला बहिखाता हेर्नोस् र घमन्डबाट ब्युँझनोस् ।”

उनले कांग्रेस र एमालेका नेताहरूले देशलाई दुईदलीय बनाउने भनेको भन्दै आपत्ति जनाए ।“कांग्रेस र एमालेका केही नेताले यसबीचमा अब देश दुईदलीय बनाइन्छ भनेर अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो । म ती नेताहरूलाई सोध्छु, आज देश बहुदलीय भएको तपाईंहरूको दयामायाले हो ? तपाईंको करुणाले बनेको हो ?,” उनको प्रश्न छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro