
काठमाडौं । नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले निजामती विधेयकमा गरिएको 'जालझेल'लाई 'सुविचारित ढंगले गरेको अपराध'का रूपामा व्याख्या गरेका छन् ।
बुधबार राज्यव्यवस्था तथा सुशासन समितिमा श्रेष्ठले जानीजानी विधेयकमा त्रुटि गरिएको बताए । "सभामुखलाई रिथिंक गरूँ भन्दा फुत्त राष्ट्रियसभा पठाइसक्नुभएछ, राष्ट्रियसभामा पनि त्यही पास भएर राष्ट्रपतिकहाँ भन्लान्," उने भने ।
उनले अगाडि थपे, "थाहै पाएन भन्न मिल्छ ? सभापतिज्यू, बेलैमा बुद्धि पुर्याउनुस्, यो ब्लन्डर अपराध हो । सभापतिले बुझेरै साइन गरेको छ । सभापतिले मन्त्रीलाई झुक्याएको हुनुपर्छ । दुराजी समितको सचिव हुने अधिकार गुम्यो । राज्यव्यवस्था समितिमा तपाईंलाई सचिव मान्न सक्दैनौँ ।"
उनले समितिका सभापति रामहरि खतिवडालाई पनि राजीनामा दिन आग्रह गरे । "सभापतिको कुर्सी छोडिदिनुस्, हामी तपाईंको नेतृत्वमा बस्नु निकम्मा, लाचार हुन्छ । दुराजी कहाँ जाने हो, गइदिनुस् । नालीबेली छानबिन गर्न सभामुखले पहल लिनुपर्यो । आयोग गठन गर्नुपर्छ," उनले भने ।