site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीले भन्यो– वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने तर्क गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति कांग्रेसभित्रै चर्को आक्रोश रहेकाले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने बताए ।

“सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्तर्विरोध देखिएकाले सरकारको आयु धेरै दिन छैन भन्ने सहजै अनुमान लगाउन सकिन्छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सापकोटाले आफूहरू सरकार ढाल्ने खेलमा भने नरहेको स्पष्ट पारे । संविधान संशोधनको आवरण बनाएर दुई दलको सरकार बनाइएको भन्दै अहिले दुई दलको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख रहेको जिकिर गरे । 

त्यस्तै, उनले निजामती विधेयकका विषयमा सांसदहरूको इमानमाथि प्रश्न उठेको भन्दै यसको जिम्मा संसद्को नेतृत्व तहले लिनुपर्ने बताए ।

 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्