site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालमा कार्यविभाजन : कसलाई कुन जिम्मेवारी ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरूको नेतृत्व चयन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सोमबार सम्पन्न बैठकले नेताहरूको कार्यविभाजन गरी पार्टी मातहत समितिलाई परिपत्र गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी पार्टीका महासचिव एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले पाएका छन् भने लाक्पा शेर्पालाई उपप्रमुख बनाइएको छ । पार्टी स्कुल तथा प्रशिक्षण विभागको प्रमुखमा सुरेशकुमार मण्डल र उपप्रमुख अम्बिका काफ्ले चयन भएका छन् ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा र उपप्रमुख रेणुका सिंह भएका छन् । प्रचार प्रसार तथा प्रकाशन विभागको प्रमुख पूर्ण बस्नेत बनेका छन् । बस्नेत यसअघि पनि प्रचार विभागकै प्रमुख थिए । शम्भु झालाई विभागको उपप्रमुख बनाइएको छ  ।

त्यसैगरी महिला विभागमा प्रमीला यादव प्रमुख र शशी लिङदेन उपप्रमुख बनेका छन् । स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख सुरेन्द्र कुमार यादव र उपप्रमुख अब्दुल कालाम अन्सारीलाई तोकिएको छ ।  सामाजिक सेवा तथा गैरसरकारी संस्था विभागमा विनिता यादव र उपप्रमुख विणा सिन्हा, कृषि तथा भूमि व्यवस्था विभागमा सञ्जय सिंहलाई प्रमुख र मालामती राना थारुलाई उपप्रमुख बनाइएको छ ।

जसपा नेपालले वन वातावरण तथा विपद् व्यवस्थापन विभागको प्रमुखमा चन्देश्वर पासवान, सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र र उपप्रमुखमा रामबहादुर जाग्री, वौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा हेमचन्द्र महतो  र उपप्रमुखमा प्रचण्ड पौडेल,  शिक्षा विभागमा योगेन्द्र यादव र उपप्रमुख अन्जेस दाहाल साथै उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङलाई प्रमुखको जिम्मेवारी तोकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro