site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला अदालतको कैदको फैसला सदर, क्षतिपूर्ति चार लाख घटायो

काठमाडौं । उच्च अदालत पाटनले उपप्राध्यापक प्रेम चलाउने कुटपिटविरूद्धको मुद्दा दुई वर्ष कैद हुने काठमाडौं जिल्ला अदालतको फैसला सदर गरिदिएको छ । चलाउनेलाई तिर्नुपर्ने ठहर भएको क्षतिपूर्ति भने चार लाख घटाइदिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले मंगलबार जिल्लाको कैदसम्बन्धी सजायलाई सदर गर्दै क्षतिपूर्ति चार लाख घटाउने फैसला गरेको हो ।

काठमाडौं जिल्ला अदालतले ०८० मंसिर ७ मा आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज रानामगर, रुपेश शाह, रविनकुमार लामा र सयुज श्रेष्ठलाई दोषी ठहर गरी दुई वर्षको कैद सजाय र २० हजार जरिवानाको गर्ने फैसला सुनाएको थियो ।

उपप्राध्यापक चलाउनेले आंशिक न्याय पाएको बताए । उनले आक्रमणकारीलाई ज्यान मार्ने उद्योगमा कारबाही हुन नसकेको र आफूले क्षतिपूर्ति पनि पाइनसकेको भन्दै आंशिक न्याय पाएको बताएका हुन् ।

"पहिलो अपराधीहरूलाई ज्यान मार्ने उद्योगमा सजाय हुनुपर्थ्यो, कुटपिट र अंगभंग गर्नेमा मात्र भयो, दोस्रो तिनीहरूले अन्तरिम क्षतिपूर्ति पनि तिरेका छैनन् त्यसैले आंशिक न्याय पाएको महसुस गरेको छु," जिल्लाको फैसला सदर भएकोमा खुसी हुँदै चलाउनेले बाह्रखरीसँग भने, "अब उनीरू जेल गएपछि न्याय पाएको महसुस गर्नेछु ।"

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro