site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली र सुदूरपश्चिममा वर्षा, तीनवटा प्रदेशमा हिमपात, विराटनगरमा न्यून भिजिविलिटी  
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज बदली हुने भएको छ । केही स्थानमा हिमपात र वर्षाको पनि सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । 

तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ । विराटनगरमा बिहान पौने ६ बजेको भिजिविलिटी १०० मिटर छ । 

नेपालगञ्ज र धनगढीको समान दुई हजार मिटर भिजिविलिटी छ । भैरहवाको २५ सय र सिमराको चार हजार मिटर भिजिविलिटी रहेको विभागले जानकारी दिएको छ । 

दिउँसोसम्म तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो हट्नेछ ।

विभागका अनुसार दिउँसो कोसीदेखि वाग्मती प्रदेशसम्म आंशिक बदली हुनेछ । गण्डकी प्रदेशमा बदलीसँगै हिमपातको सम्भावना छ । 

लुम्बिनी प्रदेशमा आंशिक बदली मात्र हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपात र वर्षाको सम्भावना रहेको विभागले बताएको छ । 

यसैबीच, काठमाडौंमा आज दिनभर आंशिक बदली हुनेछ । विभागले बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको जनाएको छ । दिउँसो बढेर २२ देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ । 

विभागका अनुुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro