site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण

टोकियो । जापानले आइतबार तानेगाशिमा स्पेस सेन्टरबाट ‘एच३ रकेट नम्बर ५’ मिचिबिकी नेभिगेसन उपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेको छ ।

‘मिचिबिकी’ स्मार्टफोन, कार नेभिगेसन प्रणाली र अन्य स्थान–आधारित सेवाहरूको लागि जीपीएस सटीकता बढाउन डिजाइन गरिएको जापानी उपग्रह हो ।

हाल जापानको परिक्रमा गर्ने चारवटा उपग्रहहरू समावेश छन्, जसले सञ्चार संकेत नभएका क्षेत्रमा आपतकालीन भूकम्पको चेतावनी पनि दिन्छ ।

जापान सरकारले विदेशी जीपीएस नेटवर्कमा निर्भरता कम गर्दै प्रणालीलाई चारबाट सात स्याटेलाइटमा विस्तार गर्ने लक्ष्य राखेको छ । भर्खरै प्रक्षेपण गरिएको मिचिबिकी ६ लाई पृथ्वीबाट करिब ३६ हजार किलोमिटर माथि जियोस्टेशनरी अर्बिटमा राखिनेछ ।

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) र मित्सुबिशी हेभी इंडस्ट्रीजद्वारा विकसित एच३ रकेटले एच२ए रकेटको सञ्चालनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ ।

आइतबारको प्रक्षेपण देशमा एच३ को पाँचौँ प्रक्षेपण थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro