site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मर्स्याङ्दीमा ९० मेगावाटको अर्धजलाशययुक्त जलविद्युत् आयोजना बन्ने

काठमाडौं । मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । चार बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्नेगरी वित्तीय व्यवस्थापनको टुंगो लागेको हो ।

कुमारी बैक लिमिटेडको अगुवाइमा लगानीसम्बन्धी सम्झौतामा शुक्रबार (माघ १८ गते) हस्ताक्षर भएको छ । लगानी सम्झौता एम. ए पावर प्रा लि का अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड र सिद्धार्थ बैक लिमिटेडको संयुक्त लगानीमा हुनेगरी ऋण सम्झौता भएको हो ।

हाल चार वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तीय संस्थाहरूले पनि लगानी गर्नेछ । निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैक लिमिटेडले चार अर्ब, प्रभु बैक लिमिटेडले तीन अर्ब, सिद्धार्थ बैक लिमिटेडले दुई अर्ब र कृषि बिकास बैक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन् ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कार्तिक १ गते विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइ व्यापारिक उत्पादन २०८६ साल वैशाख २२ मा रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दुरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०÷१३२ केभीमा जोडिने छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro