site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिमियर स्कुलमा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रिमियर इन्टरनेशनल स्कुलमा विद्यार्थी सशक्तीकरण कार्यक्रम आयोजना गरिएको छ ।

विद्यार्थीहरूले यस शैक्षिक सत्रमा तीन परियोजना फ्युचरप्रेनर्स फेयर २०२५, उच्च माध्यामिक शिक्षा स्टिम फेयर, र दि भ्वाइस कार्यक्रममा सहभागी भएको विद्यालयले जनाएको छ ।

व्यवस्थापन र मार्केटिङप्रति रुचि भएका विद्यार्थीहरूले फ्युचरप्रेनर्स फेयर २०२५ मा गोल्डस्टार, सेन्चुरी, मक्कुसे र सिल्क आर्टिसनल क्रीमरी जस्ता ब्रान्डहरूको लागि आफ्नै रणनीतिक प्रस्तुति दिएका थिए ।

विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणितको संयोजनमा आधारित परियोजनाहरूले स्टिम फेयरमा गहिरो प्रभाव पार्‍यो । ट्र्यास ट्रलरले नदी र पोखरीबाट फोहोर संकलनको उपाय प्रस्तुत गर्दा, लाइन फलोअर रोबोटले स्वःचालित सफाइ समाधान दिएको थियो । पुनः प्रयोग कागज र प्राकृतिक मसी प्रयोग गरेर इकोस्क्राइब्स, बारकोड प्रणालीमा आधारित पुस्तकालय व्यवस्थापन लिब्राटेक, र प्राकृतिक सामग्रीबाट सौन्दर्य प्रसाधन तयार गर्ने सिल्भा जस्ता परियोजनाहरू उल्लेखनीय रहेको स्कुलले जनाएको छ ।

पूर्ण रूपमा विद्यार्थीहरूद्वारा सम्पादित दि भ्वाइस नामक वार्षिक पत्रिका शैक्षिक वर्षको प्रतिबिम्ब थियो । यसमा सामग्री संकलनदेखि ग्राफिक डिजाइन, सम्पादन र व्यवस्थापन समेत विद्यार्थीले आफैँले सम्हाले ।

प्रिमियर इन्टरनेशनल स्कुलको उच्च माध्यामिक शिक्षा कार्यक्रम अब केवल परीक्षा केन्द्रित नभई वास्तविक जीवन तयारी गर्ने प्रयोगशाला बन्दै गएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro