अर्थ व्यवसाय

काठमाडौं । सिमरा क्षेत्रको मौसम प्रतिकूल बन्दा नेपाल छिर्ने हवाई रुट प्रभावित बनेको छ । उक्त क्षेत्रको मौसम प्रतिकूल बनेपछि विमान आकाशमा फन्को मारिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, मौसम प्रतिकूल भएपछि एयर इन्डियाको विमान वाराणासी डाइभर्ट भएको छ । “काठमाडौंको अवस्था ठिक छ । सिमरा क्षेत्रमा मौसम प्रतिकूल बनेपछि समस्या भएको हो,” उनले भने, “केही विमान अवतरण भए । एयर इन्डियाको विमान भने वाराणासी डाइभर्ट भएको छ ।”
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२ १८:०८
प्रतिक्रिया दिनुहोस्