site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीका उपलब्धिमा लिङ्देनको प्रश्न– यो सरकार नभएको भए ब्रेक थ्रू हुँदैनथ्यो ? 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएको सरकारको उपलब्धिमाथि प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकको सुरुमै सम्बोधन गरेका प्रधानमन्त्री ओलीले केही आयोजनाको ब्रेक थ्रूलाई उपलब्धिको रूपमा सुनाएका थिए । 

यसबारे लिङ्देनले ओलीले सुनाएका उपलब्धि हेरे देशमा सरकार नै नभएको देखिने बताए । “प्रधानमन्त्रीले जुन उपलब्धि सुनाउनुभयो, सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रू भयो, फास्ट ट्रयाकमा अर्को सुरुङमार्ग ब्रेक थ्रू भयो । तेस्रो मुलुकसँग विद्युत् व्यापार सम्झौता भयो भनेर उपलब्धि सुनाउनुभयो,” उनले भने, “यो सरकार नभएको भए सिद्धबाबाको सुरुङमार्ग ब्रेक थ्रू हुँदैनथ्यो ? बंगलादेशसँग विद्युत् व्यापार सम्झौता हुँदैनथ्यो ? कांग्रेस–एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ? यो हेर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ ।” 

उनले सरकारले नियमित विषयलाई उपलब्धि मानेकामा आपत्ति जनाए । लिङ्देनले सुशासन, रोजगारी सिर्जना, अर्थतन्त्र सुधारमा काम हुन नसकेको बताए । उनले सरकारको ६ महिनाको अवधि निराशाजनक रहेको पनि बताए ।

“गएको साढे ६ महिनाको सरकारको समय निराशजनक छ । हामी चाहन्छौँ, कांग्रेस र एमालेजस्तो ठूले पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ,” उनले भने, “हामी विरोध मात्रै गर्दैनौँ, अपेक्षा गर्छाैं सुध्रियोस् । ”

उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको आरोपसमेत लगाए ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro