site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदलाई अध्यादेशको विपक्षमा नबोल्न आग्रह गर्न कांग्रेस संसदीय दलको बैठक 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । 

बैठकमा आजबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा छलफल हुनेछ । 

तीनजनाबाहेक कांग्रेसका सबै सांसद सरकारले ल्याएको अध्यादेशको विपक्षमा रहेपछि उनीहरूलाई विरोधमा नबोल्न आग्रह गर्न संसदीय दलको बैठक बोलाइएको हो । 

प्रतीमा गौतम, कुशुम थापा र वीरबहादुर बलायरबाहेकका कांग्रेस सांसद् अध्यादेशको विपक्षमा छन् । सत्तारुढ दलकै सांसद अध्यादेशको विपक्षमा रहेपछि शीर्ष नेतृत्व उनीहरूलाई मौन रहन आग्रह गर्दै आएको छ । 

संसद् बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro