काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट ब्लक गरेको मुद्दा सुल्झाउन मेटाले दुई करोड ५० लाख अमेरिकी डलर तिर्ने भएको छ ।
सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणपछि मेटाले फेसबुक र इन्स्टाग्राममा ट्रम्पको अकाउन्ट बन्द गरेको थियो । सन् २०२४ को जुलाईमा मेटाले यो प्रतिबन्ध हटाएको थियो । यसै सम्बन्धीको मद्दा सुल्झाउन मेटाले पैसा दिने भएको हो ।
दुई करोड ५० लाखमध्ये दुई करोड २२ लाख डलर ट्रम्पको राष्ट्रपति पुस्तकालय कोषमा राखिनेछ । यसले कानुनी खर्च र उक्त मुद्दामा हस्ताक्षर गर्ने अन्य वादीको खर्च व्यवस्थाप गर्ने बताइएको छ ।
मेटाका सीईओ मार्क जुरकबर्गले ट्रम्प राष्ट्रपतिम विजयी भएसँगै उनीसँगको सम्बन्ध सुधार खोजेका छन् ।
बीबीसीबाट ।