site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनमा कसरी प्रस्तुत हुने रणनीति तय गर्दै माओवादी केन्द्र 
फाइल तस्बिर । 

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

बैठक भोलिबाट सुरु हुने हिउँदे अधिवेशनमा केन्द्रित हुनेछ । संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सदनमा कसरी पस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बस्न लागेको हो । 

अध्यादेश, विधेयक, सदनको प्रभावकारितालगायत विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ । 

सरकारले संसद्को हिउँदे अधिवेशन भोलिबाट सुरु हुनेगरी बोलाएको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक भोलि दिउँसो १ बजे बस्ने तय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro