site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रम शोषणविरुद्ध चिकित्सकहरू माइतीघरमा

काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रमशोषण भएको जनाउँदै विरोधमा उत्रिएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले बुधबार माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरूका नारा छन्– स्वास्थ्य र शिक्षामन्त्रीले गरेको पछिल्लो निर्णय फिर्ता गर, बन्डिङ प्रथा  बन्द गरौँ, डाक्टरलाई बन्धक बनाउन पाइँदैन ।

यही माघ १४ गते स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीको बैठकले निजी मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन गर्ने आवसीय चिकित्सकको निर्वाहभत्ताबारे सिफारिस गर्ने निर्णय गरेको थियो । निर्णयमा पारिश्रमिक कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

सोही निर्णयमा छात्रवृत्ति निर्देशिकाअनुसार, निर्देशिका प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहे विद्यार्थीलाई अध्ययनपछि दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियत गरी सेवा गर्नुपर्ने उल्लेख छ ।

मन्त्रीद्वयका यी निर्णय आफूहरूलाई स्वीकार्य नभएको संघर्ष समितिले जनाएको छ । मंगलबार समितिले विज्ञप्ति जारी गर्दै निर्णय फिर्ताका निम्ति २४ घण्टे अल्टिमेटम समेत दिएको थियो ।

तर, माग सम्बोधनमा कुनै निकायले चासो नदेखाएपछि अब क्रमबद्ध रूपमा आन्दोलनका कार्यक्रम तय गरिने समिति संयोजक डा. शेषराज घिमिरेले बताए । आफूहरूको यो निर्णायक आन्दोलन हुने समेत उनले चेतावनी दिए ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro