site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यालिफोर्निया राहदानी शिविरमा सेवाग्राहीको घुइँचो, १४ सयले पाए सेवा

सान फ्रान्सिस्को, (क्यालिफोर्निया) । नेपाली राजदूतावास वासिङ्टन डीसीले अमेरिकाको क्यालिफोर्नियामा आयोजना गरेको राहदानी शिविरमा सेवाग्राहीको घुँइचो लागेको छ । सेवाग्राहीको भिड बढेसँगै सुरुमा पाँच दिनका लागि तय गरिएको शिविर तीन दिन थपेर आठ दिन पुर्‍याइएको छ ।

दूतावासले आयोजना गरेको शिविरमा स्थानीयरूपमा नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैरआवासीय नेपालीस संघ क्यालिफोर्निया स्वयंसेवक परिचालन गरेर सहयोग गरिरहेका छन् ।

माघ ९ बुधबारदेखि सुरु भएको शिविरबाट एक सातामा झन्डै १४ सयभन्दा बढीले सेवा लिइसकेको दूतावासका कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले जानकारी दिए ।

शिविरको अन्तिम दिन अमेरिकी समयअनुसार बुधबारसम्म झन्डै १६ सयले सेवा पाउने दूतावासका अधिकारीहरूको अनुमान छ ।

डीसीबाट आएका चार र नेपालस्थित परराष्ट्र मन्त्रालयबाट आएका एक कर्मचारीले बिहान ८ देखि बेलुका ९ बजेसम्म सेवा दिइरहेका छन् । दर्जनौँ स्वयंसेवकहरूले लाइन व्यवस्थापन, अप्वाइनमेन्ट तय, फारम भर्ने प्रक्रिया र काजजातको परीक्षणलगायत काममा सघाइरहेका छन् । दैनिक १२ घण्टासम्म खटिएर सरकारी कर्मचारीले सेवा प्रवाह गरेपछि सेवाग्राही खुसी भएका छन् ।

Consular-1-1738142833.jpg
"कार्यालय समय भनेर १० देखि ५ सम्ममात्रै काम गरेको भए अहिले पाइरहेका भन्दा आधाले मात्रै सेवा पाउँथे होला," एक सेवाग्राहीले भने, "कर्मचारीले रात बिहान नभनी सेवा दिइरहेका छन् ।"

पछिल्ला वर्षहरूमा क्यालिफोर्निया र विशेष गरी सान फ्रान्सिस्को वे–एसियामा नेपाली समुदायको जनसंख्या उल्लेख्यरूपमा बढेको छ । राहदानी नवीकरण वा बनाउन डीसीस्थित दूतावाससम्म पुग्न कम्तीमा ६ घण्टाको हवाई दुरी तय गर्नुपर्छ । हवाई टिकट, होटलबासलगायत खर्च हिसाब गर्दा महँगो पनि पर्छ ।

विशेष गरी अमेरिका गैरकानूनीबाटोबाट अमेरिका आउनेमध्ये ठूलो संख्या क्यालिफोर्नियामा छन् । उनीहरूसँग कानूनी काजजातसमेत नहुने भएकाले डीसीसम्म यात्रा गर्न समेत कठिन छ ।

कानूनी र गैरकानूनी बाटोबाट आएकासमेत गरेर झन्डै एक लाखको हाराहारीमा नेपाली यस राज्यमा मात्रै बस्ने गरेको अनुमान छ । पछिल्ला दिनमा यस्ता आप्रवासीप्रति अमेरिकी प्रशासन कठोर हुने देखिएको छ । यस्तो त्रासका बीच दूतावासको सेवा बसोबास गरिरहेकै क्षेत्रमा पाउँदा सेवाग्राहीले ठूलो राहत महसुस गरेका छन् ।

"शिविरमा आधार अधिकांशलाई दूतावाससम्म पुगेर राहदानी नवीकरण वा बनाउन धेरै कठिन रहेछ," आरणले भने, "असहज समयमा सेवा पाउँदा धेरैले घरमै सरकार भेटेको महसुस गरेका पायौँ ।"

यसबीचमा न्यान्सलगायत सामाजिक संघसंस्थाले राहदानी शिविरका लागि पहल गरे पनि सन् २०२२ नोभेम्बरपछि यस क्षेत्रमा दूतावासको शिविर आएको थिएन । गत वर्ष लस एन्जलस सहरमा दूतावासको शिविर आएकामा सो शिविरमा समेत सेवा लिएकामध्ये ७० प्रतिशतभन्दा बढी सेवाग्राही सान फ्रान्सिस्को क्षेत्रबाटै पुगेका थिए । लस एन्जलस पुग्न पनि एक घण्टाको हवाई वा सडक यातायातबाट झन्ड‌ै ६ घण्टा लाग्छ ।

Consular-३-1738142833.jpg
न्यान्सका अध्यक्ष प्रितेश कार्कीले ठूलो संख्यामा सेवाग्राहीले राहत पाए पनि अझै सबैलाई समेट्न नसकिएको बताए । उनले यस क्षेत्रमा बढ्दो नेपालीको जनघनत्वलाई ध्यानमा राखेकै सरकारसँग वाणिज्य दूतावासकै लागि पहल गरिएको र त्यसको सुनुवाइसमेत भइसकेको भन्दै सरकारलाई धन्यवाद दिए ।

मन्त्रिपरिषद्ले अमेरिकामा सान फ्रान्सिस्को र टेक्ससमा वाणिज्य दूतावास खोल्ने निर्णय गरिसकेको छ । कार्यालय नै खुल्ने तय भएपछि यस क्षेत्रमा बसोबास गर्ने सेवालाई नेपाल सरकारबाट प्राप्त गर्न सक्ने सेवा लिन आगामी दिनमा सहज हुने आरणले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro