देश

काठमाडौं । डिल्लीबजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले केशवराज बुढाथोकीलाई कारागारबाट भागेको १४ वर्षपछि पक्राउ गरेको हो ।
उनलाई प्रहरीको टोलीले बुधबार बिहान काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । २०६६ सालमा ठगीको आरोपमा पक्राउ परेका उनलाई तीन वर्ष कैद सजाय तोकिएको थियो । उनी ०६७ सालमा कारागारबाट भागेका थिए ।
प्रहरीको विषेश टोलीले गोप्य सूचनाका आधारमा बुढाथोकीलाई पक्राउ गर्न सफल भएको हो ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ १३:४२
प्रतिक्रिया दिनुहोस्