site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जंगीअड्डामा फोटो तथा बृहत् प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं । सेना दिवस २०८१ को अवसरमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्किने फोटो, हातहतियार, पोसाक, उपकरणको बृहत् प्रदर्शनी सुरु भएको छ । सम्बद्ध सैनिक सामग्रीहरूको प्रदर्शनीमार्फत आम नागरिकलाई नेपाली सेनाबारे विविध विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले तस्बिरलगायत प्रदर्शनी गरिएको नेपाली सेनाले जनाएको छ । 

आज मंगलबार जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले प्रदर्शनीको शुभारम्भ गरे । प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दललगायत गतिविधि समेट्ने गरी कुल २९ वटा स्टल राखिएका छन् । 

सोही अवसरमा प्रधान सेनापतिले नेपाली सेना फोटो प्रतियोगिता – २०८१ का उत्कृष्ट तीन गैरसैनिक फोटोग्राफरहरू, तीनवटा नेपाली सेनाका युनिट र एकजना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 

कार्यक्रम पश्चात् प्रधान सेनापति लगायत अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए । यही माघ १८ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा आमनागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

nepal-army-(1)-1738062278.JPG

nepal-army-(11)-1738062276.JPG

nepal-army-(10)-1738062276.JPG

nepal-army-(8)-1738062275.JPG

nepal-army-(9)-1738062275.JPG

nepal-army-(6)-1738062273.JPG

nepal-army-(7)-1738062273.JPG

nepal-army-(4)-1738062271.JPG

nepal-army-(5)-1738062271.JPG

nepal-army-(3)-1738062269.JPG

nepal-army-(2)-1738062269.JPG


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro