site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तामाङ समुदायले टुँडिखेलमा तीन दिन सोनाम ल्होछार मनाउने 

काठमाडौं । काठमाडौंमा रहेका तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा तीन दिन सोनाम ल्होछार मनाउने भएका छन् । 

नेपाल तामाङ घेदुङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ देखि १७ गतेसम्म काठमाडौंको टुँडिखेलमा भव्य रूपमा सोनाम ल्होछार–२८६१ मनाइने जनाएको हो ।

Dabur Nepal
NIC Asia

कार्यक्रमको मुख्य दिन माघ १७ गते झाँकीसहित शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्ने र सोनाम ल्होछार मनाइने राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेले जानकारी दिए । 

महोत्सवमा तामाङ जातिका सांस्कृतिक संस्थाहरू ताम्वा, बोन्वो तथा सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य, डम्फू सेलो प्रस्तुत गरिने उनले बताए । 

तामाङहरूले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा सुरु हुन्छ । सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरेर तामाङहरूको घरघरमा कम्तीमा ५ दिन भव्य रूपमा मनाउँदै आएका छन् ।

ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर तथा सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने गरिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro