site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासले थप ६ इजरायली बन्धकलाई रिहा गर्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । हमासले उत्तरी गाजामा मानिसलाई फर्कन अनुमति दिने भएपछि थप ६ इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने बताएका छन् । उनले उत्तरी गाजाका मानिसलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् ।

रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि थिए । नागरिक रिहा नभएको भन्दै इजरायलले उत्तरी गाजाका मानिसलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन ।

हमासले शनिबार चारजना बन्धकलाई रिहा गरे पनि त्यतिबेला अर्बेल येहुदलाई रिहा गरेको थिएन ।

इजरायलले हमासमाथि युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाएको थियो । सम्झौता अनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नुपर्ने थियो ।

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धकलाई रिहा गरेको छ । इजरायलले बदलामा दुई सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro