site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेशबारे कांग्रेस संसदीय दलमा ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा आइतबार दुई गैरसांसदले अध्यादेशबारे ब्रिफिङ गरेका छन् । कांग्रेस र एमालेले बनाएको कानुन सुधार कार्यदलमा कांग्रेसबाट सदस्य रहेका अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता सेमन्त दाहाल र योजनाविद्को रूपमा सहभागी प्रताप पौडेलले अध्यादेशको औचित्यबारे ब्रिफिङ गरेका हुन् ।

कांगेसका एक सांसदका अनुसार, दाहाल र पौडेलले सुशासनका लागि अध्यादेशमा समावेश गरिएका विषयबारे जानकारी गराएका थिए ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशका विषयवस्तुमा खुलेर छलफल भएको जानकारी दिए । “अध्यादेश किन ल्याउनुपर्‍यो ? यसभित्र के के छन् ?,” घिमिरेले बैठकमा भएको छलफलबारे भने, “ती कन्टेन्टमा केही समस्या छन् भने पनि आज खुलेर छलफल भएको छ ।” 

बैठकमा महामन्त्री गगन थापाले दुईदलीय संयन्त्रले गरिरहेका कामको ब्रिफिङ गरेका थिए । गृहमन्त्री रमेश लेखकले पनि अध्यादेश ल्याउनुको औचित्यका विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए ।

सोमबार १ बजे फेरि बस्ने गरी कांग्रेस संसदीय दलको बैठक सकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro