site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी गुप्तचर संस्थाको आरोप– चीनले ल्याबमा कोरोनाभाइरस बनायो

काठमाडौं । अमेरिकाको गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)ले कोभिड–१९ को भाइरस ल्याबमा बनाइएको जिकिर गरेको छ । चीनले कोभिड–१९ को भाइरस ल्याबमा बनाएको सीआईएको भनाइ छ ।

गुप्तचर एजेन्सीका अनुसार, उनीहरूले गरेको अध्ययनमा कोभिड–१९ भाइरस प्राकृतिक रूपमा नभई ल्याबमा कृत्रिम तरिकाले बनाइएको देखिएको छ । अमेरिकाको अर्को गुप्तचर संस्था फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले पनि कोभिड–१९ को भाइरस चीनको ल्याबबाट बाहिरिएको यसअघि जिकिर गरेको थियो ।

यसपटक सीआईएले भाइरसको फैलावट, त्यसका वैज्ञानिक तत्त्व र चीनको भाइरोलोजी ल्याबहरूको अवस्था मूल्यांकन गरेर यस्तो निष्कर्ष निकालिएको दाबी गरेको छ ।

अमेरिकाका सांसदहरूले कोभिड–१९ फैलाउने भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न सीआईएलाई दबाब दिएका थिए ।

चीनले अमेरिकी गुप्तचर संस्थाको निष्कर्षलाई ‘राजनीतिक फन्डा’ भनेको छ । अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ताले उक्त रिपोर्टको कुनै औचित्य नभएको बताएका छन् ।

कोभिड–१९ को भाइरस ल्याबमा बनाइएको दाबी गरे पनि सीआईए यसमा शतप्रतिशत विश्वस्त छैन् । चीनले अनुसन्धानका निम्ति पर्याप्त सहयोग नगरेका कारण आफ्नै रिपोर्टमा शतप्रतिशत विश्वस्त हुन नसकेको सीआईएले जनाएको छ । यो विषयमा निरन्तर अनुसन्धान गरिरहने सीआईएको भनाइ छ । एपीबाट ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro