site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभापति कपमा आज एनआरटी र फ्रेन्ड्स भिड्दै
Tiktok banner adTiktok banner ad

काठमाडौं । राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलको अन्तिम खेल हुँदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजे हुने खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब आमनेसामने हुने छन् । आजको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । 

अहिलेसम्म सेमिफाइनलमा संकटा र मच्छिन्द्र खेल्ने पक्का भइसकेको छ । यस्तै, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद वाग्मती प्रदेश (आयोजक)को टोलीले पनि सेमिफाइनलमा स्थान बनाएको छ । 

आयोजकको टोलीले विभागीय क्लब नेपाल पुलिसमाथि २–१ को पुनरागमन जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आज खेल्ने एनआरटी र फ्रेन्ड्सबीचको विजेताले मंगलबार फाइनल प्रवेशका लागि आयोजक टिमसँग खेल्नेछ । 

सोमबार भने फाइनल प्रवेशका लागि संकटा र मच्छिन्द्र आमनेसामने हुनेछन् । सर्वाधिक पुरस्कार राशिको नेपाली कांग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउनेछ । 

उपविजेता टोलीले १३ लाखमा चित्त बुझाउनेछ । प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाएका छन् । लामो समयदेखि रंगशालामा शीर्ष क्लबका खेलहरू नभइरहेका बेला सभापति कप आयोजना हुनुलाई खेलाडी एवं खेल समर्थकमा भने उत्साह थपिएको छ ।

प्रतियोगिताका खेल हेर्न एक सय र तीन सय रुपैयाँको टिकट तोकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro