site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि प्रो सञ्जयको टिमलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनअन्तर्गत प्रो–एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ । कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम पहिलो भएको हो ।

प्रो सञ्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाले ३९, दिप्सन लामा र मनीष शेरचनलले समान ३६ स्कोर गरे । 

प्रो जयराम श्रेष्ठको टिम कुल १३५ स्कोरका साथ दोस्रो भयो । जयरामले ३५ तथा एमेच्योर लीलाजंग गुरुङले ३४ र श्याम तामाङ र विश्व गुरुङले समान ३३ स्कोर गरे । 

प्रो भुवन नगरकोटीको टिम १३० स्कोरका साथ तेस्रो भयो । भुवनले ३४ स्कोर गर्दा एमेच्योर खेलाडीहरू राजेन्द्र गौचन, बलराम थापा र राजु थकालीले समान ३२ अंक जोडे । 

महिलातर्फको उत्कृष्ट कार्ड गीता गुरुङले बनाइन् । उनले ३० स्कोर गरिन् ।

लङगेस्ट ड्राइभको उपाधि पेम्बा शेर्पा र क्लोजेस्ट टु दी पिनको उपाधि बलराम थापाले जिते । 

प्रो–एम इभेन्टमा शनिबार २० प्रोफेसनल गल्फरसहित कुल ९० खेलाडीले भाग लिएका थिए । विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट र कास्की गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले पुरस्कार प्रदान गरे ।

शुक्रबार सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जिते । ५४–होलको प्रतियोगितामा निरजले १–अन्डर २०६ सहित उपाधि चुमेका हुन् ।

२–ओभर २०९ सहित जयराम श्रेष्ठ दोस्रो र ३–ओभर २१० स्कोरमा भुवनकुमार रोक्का तेस्रो भए । जयरामले एक लाख रुपैयाँ प्राप्त गरे । भुवनले ७५ हजार रुपैयाँ पाए ।

प्रतियोगितामा ३४ प्रो र १८ एमेच्योर खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro