site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को बुकिङ खुला, कसलाई कति शो ?

काठमाडौं । यही बुधबारबाट रिलिज हुने तीनवटा नेपाली चलचित्रको बुकिङ खुला भएको छ । सोमबार ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को अग्रिम बुकिङ खुला भएको हो । 

सबैभन्दा धेरै शो ‘लाज शरणम्’ले पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा यो सिनेमाले ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ ।

‘फेरि रेशम फिलिली’ले काठमाडौं बाहिरका क्यूएफएक्सका आउट लेटमा २५ शो पाएको छ । ‘मायावी’ले काठमाडौं बाहिरका क्यूएफएक्सका आउट लेटमा २० शो पाएको छ । 

Dabur Nepal
NIC Asia

‘लाज शरणम्’ले आईएनआईमा १५ शो पाएको छ । विग मुभिजमा ५, एफक्यूब सिनेमाजमा ४, बीएसआरले ४ शो पाएको छ । वान सिनेमाजमा ९ शो पाएको छ । 

कुमार कट्टेलले निर्देशन गरेको सिनेमामा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘फेरि रेशम फिलिली’ले काठमाडौंमा क्यूएफएक्समा २५ शो पाएको छ । आईएनआईमा १३ शो पाएको छ । वान सिनेमाजमा ८ शो पाएको छ । 

‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । यसमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् ।

‘मायावी’ले काठमाडौंमा क्यूएफएक्समा २० शो पाएको छ । आईएनआईमा १० शो पाएको छ । वान सिनेमाजमा ६ शो पाएको छ । 

‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । यसमा पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro